काठमाडौं –  ओलीले यही जेठ २५ देखि ३२ गतेसम्म युरोपेली देश स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शत्वार्षिकीको अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विट्जरल्याण्डको जेनेभामा रहनेछन् ।


ADVERTISEMENT

# # #


यही जेठ २७ गते नै उनले आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने त्यहाँ रहँदा केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नुहुने उनले बेलायत बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको छ भने  त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री ज्ञवालीका अनुसार जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्नुहुने र पेरिसमा उनले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।