दक्षिण अफ्रिकाका लेग स्पिनर बलर इमरान ताहिरले कीर्तिमान बनाएका छन् ।


ADVERTISEMENT


उनी एकदिवसीय विश्वकपमा पहिलो बल फाल्ने पहिलो स्पिनर बनेका हुन् । यसअघिका कुनैपनि विश्वकपमा स्पिन बलरले पहिलो बल फाल्ने मौका पाएका थिएनन् ।


ADVERTISEMENT

# # #


बिहीबार इङल्याण्डविरुद्ध भएको २०१९ क्रिकेट विश्वकपको उद्घाटन खेलमा स्पिन बलर ताहिरले ओपनिङ बलिङ गरेका थिए । यसअघि स्पिनरले विश्वकपमा ओपनिङ बलिङ गर्ने मौका भने नपाएका होइनन् ।

१९९९ को विश्वकपमा न्यूजिल्याण्डका अफ स्पिनर दीपक पटेलले केही खेलमा ओपनिङ बलिङ गर्ने मौका पाएका थिए । तर त्यो विश्वकपको उद्घाटन खेल अर्थात पहिलो खेल भने थिएन ।

दोस्रो बलमै विकेट

बिहीबार ताहिरले आफ्नो दोस्रो बलमै विकेट लिए । उनले जोन्नी बिस्ट्रवलाई गोल्डेन डक आउट गरे । ताहिरले इङल्याण्ड विरुद्ध १० ओभरमा ६१ रन खर्चिएर २ विकेट लिएका थिए ।