काठमाडौँ – देशकै ठूलो राष्ट्रिय स्तरको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतका मुलपानी क्रिकेट मैदान भएका खेलमा म्याट राखेर खेलाइएको प्रति खेलाडीहरुले असन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा भइरहेको प्रतियोगितामा तयारी नपुग्दै न्यूनतम सुविधा समेत नभएको मैदानमा प्रतियोगिता खेलाइनु दुःखद रहेको खेलाडीहरुको भनाइ छ । प्रतियोगिताको पहिलो खेल मुलपानीमा नै गरेर औपचारिक रुपमा मैदानको उद्घाटन गर्ने भनिएपनि तयारी नपुगेको भन्दै अन्तिमा म्याट राखेर खेलाइएको छ ।


ADVERTISEMENT

# # #


सोमबार प्रदेश नं ५ विरुद्ध खलेपछि नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेको प्रदेश ३ का कप्तान पारस खड्काले एउटा खेल म्याटमा र अर्को खेल पिचमा खेलाइँदा खेलाडीको प्रदर्शनमा असर पर्ने भन्दै आगामी दिनमा यस्तो नगर्न सुझाए।

‘एउटै प्रतियोगिताको एउटा खेल म्याटमा भइरहेको, अर्को खेल पिचमा भइरहेको छ । यसले प्रदर्शनमा पक्कै राम्रो गर्दैन ।’ उनले भने, ‘केही बोल्दा सबै कुरामा आलोचना गरेजस्तो मात्रै हुन्छ । तर, यसमा जिम्मेवार को हो ?’

मूलपानीको तल्लो मैदान तयार नभएपछि अन्तिम क्षणमा म्याट राखेर खेलाइएको छ ।

यसले ब्याटिङमा समस्या त भएको छ नै बल पनि स्वीङ भइरहेको छ भने आउट फिल्ड पनि कमजोर रहेको पारसले बताए । स्ट्याण्ड, शौचालयलगायतका अत्यावश्यक संरचना पनि तयार नभएको भन्दै उनले दु:खेसो गरे ।

सम्बन्धित समाचार
मुलपानी क्रिकेट मैदान : १६ वर्षको मेहनत, म्याट ओच्छ्याएर प्रतियोगिता !

आफूले क्रिकेट करियर सुरु गर्दाताका म्याटमा खेलेको स्मरण गर्दै पारसले भने, ‘पछिल्लो पटक विराटनगरमा सातौं राष्ट्रिय प्रतियोगिता खेलेका थियौं । त्यसपछि अहिले खेल्दैछु ।’

मुलपानीमा मात्रै नभई कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान बाहेक देशभरका मैदानमा राम्रो पिच नभएको उनले बताए । पोखरामा गत वर्ष भएको पोखरा प्रिमियर लिगले गर्दा त्यहाँको पिच भने केही राम्रो रहेको उनको भनाइ थियो ।

यस्तै राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले म्याटमा खेल्नु खेलाडीको बाध्यता रहेको बताए । ज्ञानेन्द्र ‘मैदानका लागि अझ तयारी गर्न सकिन्थ्यो होला । तर सुरुवात भएको छ । आगामी दिनमा व्यवस्थित तरिकाले आउनु पर्छ’ उनले भने, ‘यस्तो म्याटमा खेल्दा प्रर्दशनमा असर त पर्छ नै । तर, हामीसंग विकल्प पनि थिएन ।’