काठमाडौं– काठमाडौंको घट्टेकुलोमा भएको बम विष्फोटस्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ पक्राउ परेका छन् । उनलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो ।


ADVERTISEMENT


नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत रहेका केसीको अहिले राजधानीको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


सो विष्फोटमा परेर लोकमञ्जरी कार्की निधन भएको समेत प्रहरीले जनाएको छ । घटनामा १ जना घाइते भएको जनाइएको छ ।

सम्बन्धित समाचार 

सुकेधारा र घट्टेकुलोमा विष्फोट : तीन जनाको मृत्यु, पाँच घाइते (अपडेट)