भोजपुर – भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जंगलमा मंगलबार राति गस्तीमा खटिएको प्रहरीको जवाफी परी एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


प्रहरकिो जवाफी गोली लागेर षडानन्द नगरपालिका–२ बस्ने ३२ वर्षीय विप्लव माओवादी समूहका तिर्थराज घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । विप्लव समूह हतियार सहित हिँडडुल गरी स्थानीय मानिसहरुमा त्रास फैलाएको सूचनाका आधारमा खटिएको प्रहरीको टालीमाथि फायरिङ गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो ।


ADVERTISEMENT

# # #


जवाफी कारवाहीमा बायाँ खुट्टामा गोली लागेर घाइते भएका घिमिरेको उपचारको लागि तत्काल धरान धोपा लगिएकोमा
उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

घिमिरेको साथबाट कटुवा पेस्तोल १ थान, गोली ५ राउण्ड, बाईनाकुलर १ थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड अन्दाजी २० मिटर र बारुद समेत बरामद भएको छ ।

फरार अन्य हतियारधारी समूहको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।