काठमाडौं – सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३.०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो ।


ADVERTISEMENT


टोलीले सगरमाथाको चुचुरोमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सकेको हो ।


ADVERTISEMENT

# # #


शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ । यो टोली बाहेक अन्य तीन टोली पनि सगरमाथाको उचाइ नाप्न खटिएका छन् । विभागका निर्देशक ढकालका अनुसार चारवटै टोलीले आफ्नो काम सकेपछि करिव ५,६ महिनापछिमात्रै उचाई पत्ता लाग्दछ ।

शिखरमा पुग्ने बित्तिकै उचाइ पत्ता नलाग्ने नापी विभागले जनाएको छ । अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गर्नेछन् तयसपछिमात्रै उचाइ टुंगो लागेको पुष्टि हुने विभागले जनाएको छ ।