काठमाडौं– जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरिटी अफ् इन्डिया द्वारा सम्मानित भएको छ ।


ADVERTISEMENT


यही मे महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित कस्टमर फेलिसिटेशन मिट २०१९ नामक कार्यक्रममा जगदम्बा स्टील्स् कम्पनीको विश्व बजारको २०१८/२०१९ सत्रमा सर्वोत्कृष्ट प्रदर्शनका लागि सम्मानित भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उपस्थित रहेका जगदम्बा स्टील्स्का प्रमुख शंकर लाल अग्रवालले उक्त सम्मान अनिल कुमार चौधरी, अध्यक्ष तथा प्रबन्ध निर्देशक स्टील्स् अथोरटी अफ इन्डिया बाट स्वीकारेका थिए । नेपालको तर्फबाट निर्यातको श्रेणीमा मनोनयित हुने जगदम्बा एक मात्र कम्पनी रहेको थियो ।