काठमाडौँ – एनआईसी एशिया बैंक र अल्का अस्पताल काठमाडौंबीच बैंकका सम्पूर्ण ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकवर्गले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक श्रीमती विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।