प्रधानमन्त्री केपी शर्माओली पूर्वी एसियाली देश भियतनामको भ्रमण सम्पन्न गरेर कम्बोडिया पुगेका छन् । गत बैशाख २६ गते भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली पाँच दिनपछि कम्बोडिया पुगेका हुन् ।


ADVERTISEMENT


भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री वैशाख २६ गते भियतनाम आएका थिए। त्यहाँ रहँदा उनले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए।


ADVERTISEMENT

# # #


उक्तसम्बोधनका क्रममा उनले गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिएका थिए । यसक्रममा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न पनि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् ।

भियतनामको भ्रमणपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा सोमबार प्रधानमन्त्री ओली कम्बोडिया पुगेका हुन् । प्रधानमन्त्रीले त्यहाँ सोमबार र मंगलबार विभिन्न पक्षसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरहरु : रामकृष्ण तिमल्सिनाको फेसबुकबाट