काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पालामा चिनियाँ रेल आउने बताएका छन्।


ADVERTISEMENT


सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले पहिला सपनाजस्तो लाग्ने चिनियाँ रेल अब विपना हुने दाबी गरे।


ADVERTISEMENT

# # #


‘पहिलो चीन भ्रमणमा जाँदा सपना जस्तो लाग्छ। राष्ट्रपतिलाई पनि ल्हासाबाट काठमाडौं हुँदै लुम्बनी र पोखरा रेल लैजाने र भृकुटीले खेलेको भूमिका स्थापित गर्न अभियान चलाउने इतिहासिक भूमिका छ,’ दाहालले भने, ‘ अब यो सपना रहेन। केही बर्ष भित्रै हामी जिवित रहँदारहँदै रेल आइपुग्ने भैसकेको छ। त्यसलाइ लुम्बिनीसम्म लैजाने हो।’

उनले चिनियाँ रेल नेपाली अर्थतन्त्र र पर्यटनको विकासका लागि कोशेढुङ्गा हुने बताए। ‘हामीले जे सपना देखेका छौँ। त्यसबाट प्रेरणा लिने र ठूला ठूला लक्ष्य लिएर आफूलाई समर्पित गर्ने आवश्यकता ठान्छु,’ दाहालले भने।

उनले नेपालमा त्रिकोणात्मक लुम्बिनी(पशुपति र जनकपुर जोड्ने देशिभत्र सर्किट बनाउन जरूरी भएको बताए।