काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् सांसद मोहम्मद अफताब आलमले पत्रकारहरुका लागि पनि छुट्टै अस्पताल खोल्नुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT


सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद आलमले नेपाली सेना, प्रहरी, निजामती कर्मचारीको अस्पताल भएजस्तै राज्यको चौथो अंगको रुपमा चिनिने पत्रकारहरुका लागि पनि अस्पताल खोलिनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘यो देशमा सेना, पुलिस र निजामती कर्मचारीको अस्पताल छ । यो राम्रो कुरा हो ।’ उनले भने, ‘सिंगो लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा र जगेर्ना पत्रकारको कलमको ताकतले हुन्छ । त्यसकारण म भन्छु, पत्रकार साथीहरुको लागि पनि एउटा छुट्टै अस्पतालको पनि व्यवस्था हुनुपर्छ ।’

यस्तै उनले देशमा युवा र किसानका मुद्दालाई सम्बोधन गरिनु पर्ने माग राखे । बेरोजगारी व्याप्त रहेकाले देशका युवाहरुको पसिना विदेशिको उनको भनाइ थियो ।

देशका युवा र किसानका आँखामा अहिले आँसु छ ।’ उनले भने, ‘युवा र किसानको आँसु नपुछिकन र उनीहरुलाई विकासमा नलगाएसम्म कसरी समृद्धि हासिल हुन सक्छ ?’

तराईका किसानहरुमा सिचाईँको समस्या भएकाले त्यसको समाधान गरिनुपर्ने उनले बताए । गरिबीको मनोवैज्ञानिक असरले देश आक्रान्त बनेको भन्दै उनले सरकारले गरिबी निवारणका लागि समेत परिणाम निस्किने गरी काम गर्न आग्रह गरे ।