काठमाडौँ – मूलपानी क्रिकेट रंगशाला २ वर्षभित्र सञ्चालनमा आउने भएको छ । यस्तै सन् २०१९ भित्र तेहौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालन गर्ने सरकारको योजना छ ।


ADVERTISEMENT


शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् । क्रिकेट एकेडेमी स्थापना गर्ने, राष्ट्रिय खेलकुद परिसर बनाउन आगामी आर्थिक वर्षमा डीपीआर तयार गर्ने सरकारले जनाएको छ ।


ADVERTISEMENT

# # #


सबै प्रदेशमा रंगशाला बनाइनेछ ।

सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गरिने

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने

– चार वर्षमा सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक

– नेपालीको आफ्नै पानीजहाजबाट यात्रा गर्ने चाहना छिट्टै पूरा हुने

– आगामी वर्ष १ हजार मेगावाट विद्युत उत्पादन गरिने

– २ वर्षभित्र साक्षर नेपाल घोषणा, ३ वर्षभित्र सबै प्रदेशमा निदान केन्द्र