काठमाडौँ – सरकारले आगामी वर्ष आगामी वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने भएको छ । शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


यस्तै सिक्टा आयोजनाको सबै काम ४ वर्षभित्र गरिने, कोशी र कर्णाली करिडोरको ट्र्याक खोल्ने काम आगामी वर्ष सकिने सरकारको भनाइ छ ।  कन्काइ बहुउद्देश्यीय आयोजनाको अध्ययन गरी निर्माण गरिने, मुस्ताङको युरेनियम उत्खनन गर्न आगामी वर्ष अध्ययन प्रक्रिया अघि बढाइने सरकारको योजना छ ।


ADVERTISEMENT

# # #


सरकारका नीति तथा कार्यक्रम

– पूर्व-पश्चिम रेलमार्ग आगामी वर्ष सुरु हुँदै, ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग

– आगामी वर्ष वृक्षारोपण वर्ष घोषणा

– नदि, सडक किनार र कान्लामा फलफूल खेती गरिने