श्याम ठाकुर, सिरहा – मन्त्रीले जनताको नाममा आएको रकम खाएको कयौँ समाचारहरु तपाईहरु पढ्नुभएको होला । कुनै मन्त्रीले आफ्नो तलबबाट विपन्न परिवारकी छोरीको विवाह गरिदिएको सुन्दा अनौठो लाग्न सक्छ । तर, सत्य हो ।


ADVERTISEMENT


प्रदेश नं २ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो तलबबाट डोम समुदायका एक छोरीको विवाह सम्पन्न गराइदिएका छन् । उनले विवाह खर्चमात्रै दिएनन्, आफ्नै छोरीसरह विदाई गरे ।


ADVERTISEMENT

# # #


राज्यमन्त्री मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ३ प्रसाही गाउँका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको मंगलबार विवाह गराए पछि आशीर्वाद दिएर बिदाई गरेका हुन् । कुशे डोमको घरपरिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेकोले छोरीको बिहेको लागि बेचैन हुने गरेको खबर पाएपछि मन्त्री मण्डलले उनको घरमै पुगेर विहेका सम्पूर्ण खर्च तिर्ने बचन दिए ।

जसले कुशेको परिवारमा खुसीको रक्तसञ्चार गरायो । त्यसपछि पविारले आफन्तको सहयोगमा छोरीको लागि बेहुला खोजपछि तय भयो विवाहको मिति । मन्त्री मण्डलले विवाह तय भएकै मितिभन्दा पहिलेदेखि छोरीको विहेमा लाग्ने सम्पूर्ण समानदेखि रिति रिवाजमासमेत समय दिए।

‘जातीय भेदभाव अन्त करु’ नारासहित राजापा नेपाल वडा समितिको आयोजना मंगलवार धुमधामका साथ विवाह सम्पन्न भयो । दिनमा मात्रै होईन, विवाहका लागि राती पनि खटिएका उनले राधालाई विदाई गरेर मात्रै आफू विदा भए । जनताका दुःखमा साथ दिनपाउँदा आफूलाई खुसी मिल्ने उनी बताउँछन् ।

अहिले पनि छुवाछुत कायमै रहेको देख्दा उनलाई दुःख लाग्छ । ‘यस्तो कार्य राम्रो होईन । एउटा मानवले अर्को मानवलाई हेयका दुष्टिले हेर्ने, नछुनेजस्ता कार्यले समाजलाई प्रगतीको बाटोतर्फ लैजान सक्दैन ।’ उनी भन्छन्, ‘यस्ता कार्य हटाउनका लागि मेरो प्रयास हरदम रहन्छ ।’

मण्डलले त्यति मात्रै होइन, जनतालाई दुःख परेको बेला आफ्नै तलबबाट सहयोग गर्ने गरेका छन् । केही दिन पहिले बारामा हुरीबतासले ताण्डव मच्चाएपछि दुःखित भएका उनले जनताहरुलाई आफ्नो एक महिनाको तलबको रकम राहतमा स्वरुप प्रदान गरेका थिए ।

उनले आफनो जन्म दिनमा भोज भतेर गर्नुको साटो बिरुवा रोपेर मनाउने गरेका छन् । यसैकारणले त उनी अहिले जनताको मनमस्तिष्कमा बस्न सफल भएका छन् । प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्रका जनताको घर घरमा गएर कुराकानी गर्दै जनताको दुःख बुझ्ने उनी लोकप्रिय नेता बन्दै गएका छन् ।