काठमाडौं, फागुन १५ । नेविसंघ सहितका विद्यार्थीहरुले स्ववियु चुनावको पूर्वसन्ध्यामा अधिकांश क्याम्पसमा लगाएको ताला फोडेर उम्मेदवारी मनोनयन खुला गर्ने सहमति त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुबीच भएको छ


ADVERTISEMENT


फागुन १४ मा तय गरिएको स्ववियु निवार्चन विद्यार्थी संगठनबिच सहमति हुन नसक्दा त्रिभुवन विश्व विद्यालयले फागुन १८ मा सम्पन्न गर्नेगरी नयाँ तालिका सार्वजनिक गरेता पनि केही विद्यार्थी संगठनको उम्मेदार मनोनयन अझैपनि हुन सकेको छैन । जसका कारण ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने अझै अन्यौल छ ।


ADVERTISEMENT

# # #


त्रिविको संशोधित कार्यतालिका अनुसार शनिबार उमेदवारी दर्ता हुनुपथ्र्यो । तर, नेपाल विद्यार्थी संघले अधिकांश क्याम्पसमा तालाबन्दी गर्दा ६१ मध्ये २१ वटा आंगिक क्पाम्पसमा मात्रै उमेदवारी दर्ता हुन सकेको छ ।
यसैबीच प्रमुख विद्यार्थी संगठन र त्रीविका बीचमा समन्वयात्मक छलफल गर्ने र प्रभावित बनेको कार्यतालिका संशोधन गरी मनोनयन दर्ता नभएका क्याम्पसमा आज प्रक्रिया अघि बढाउने सहमती भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।

त्रिबिसँग निर्वाचन सहमती भइसकेकाले क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचन प्रक्रियामा सहभागी हुने र निर्धारित समयमा नै निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठन एकमत भएको बस्नेतको भनाई छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले ताला खोलेर निर्वाचनको वातावरण बनाउनेमा विस्वस्त हुन आग्रह गरे । उनले भने, “अखिलकै कारण यो सबै ठाउँमा विवाद भएको हो, नेविसंघले ताला खोलेर निर्वाचनको वातावरण बनाउँछ ।”

त्यस्तै त्रिभुवन विश्वविद्यालय र तीन प्रमुख विद्यार्थी संगठनबीच शनिबार राति छलफल भयो । छलफलमा नेविसंघले आइतबार बिहान १० बजेभित्र क्याम्पसहरूमा लगाएको ताला खोल्ने र त्रिविले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोक्ने सहमति भएको थियो। तर, नेविसंघले तालाबन्दी खोल्न नसकेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । “नेविसंघको नेतृत्वले चाहेरमात्रै ताला खुल्ने अवस्था छैन, तलतलका कार्यकर्ताहरू आफैँ ताला लगाउँदै हिँडेका छन्,” उनले थपे ।

केही क्याम्पसको परिणाम सार्वजनिक
आइतबार बिहानसम्म २५ वटा क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भएको छ । जसमध्ये माओवादी केन्द्र निकट क्रान्तिकारीले ११, एमाले अखिलले ९ र नेविसंघले ५ क्याम्पसमा सभापति जितेका छन् । अखिल क्रान्तिकारीले १२ क्याम्पसमा विजयी हासिल गरेका दाबी गरेता पनि रुकुमको एउटा क्याम्पसमा विवाद रहेको अनेरास्ववियुले जनाएको छ ।