काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न हातहतियारसहित पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस पक्राउ परेका छन् । कतार एयरको विमानमार्फत काठमाडौं आएका उनी बुधबार साँझ पक्राउ परेका हुन् ।


ADVERTISEMENT


भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा उनको ह्याण्ड ब्यागमा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला परेको प्रहरीले जनाएको छ । उक्त हतियार फेला पारेपछि उनलाई भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको जनाइएको छ ।