बुटवल– विप्लव नेतृत्वको नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदी पक्राउ परेकी छन् । उनलाई गएराती करिव १२ बजेको समयमा देवदहबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।


ADVERTISEMENT


थापाका अनुसार उनलाई देवदहस्थित उनको घरबाटै पक्राउ गरिएको हो । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ।


ADVERTISEMENT

# # #


ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र सो पार्टी त्यागेका छन । बाँकी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको एसपी थापाले बताए ।