काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेकी छन् ।


ADVERTISEMENT


चिनियाँ राष्ट्रपनि सि जिङ पिङको निमन्त्रणामा बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बेइजिङ प्रस्थान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

राष्ट्रपतिको भ्रमणसंगै उनको अनुपस्थितमा राष्ट्रपतिबाट हुने कार्य लागि नेपालको संविधानको धार ६७ को उपधार २ बमोजिम उपराष्ट्रपति नन्द बहादुर पुनले सम्पादन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तो छ राष्ट्रपतिको भ्रमण तालिका

राष्ट्रपति भण्डारीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता हुनेछ ।

राष्ट्रपति भण्डारी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने छिन् ।