एजेन्सी– रिसभ पन्तले पुनः एकपटक भारतीय क्रिकेट प्रशंसक र टिम व्यवस्थापनलाई उनीहरु आउने विश्वकप क्रिकेटमा के कुराको याद गर्नेछन् भन्ने सम्झना दिलाएका छन् ।


ADVERTISEMENT


भारतका लगि विश्वकप टिममा नअटाएका उनले सोमबार आइपीएलमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सका लागि ३६ बलमा ७८ रनको विष्फोटक पारी खेल्दै आफूलाई टिममा पर्न योग्य साबित गरेका हुन् । यही प्रदर्शनलाई लिएर अष्ट्रेलियाका पूर्व विश्वकप विजेता कप्तानसमेत रहेका दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले टिप्पणी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले रिसभ पन्तलाई विश्कप क्रिकेट खेल्ने टिममा छनोट नगरेर भारतीय व्यवस्थापनले गल्ती गरेको बताएका हुन् । ‘मलाई थाहा छ, विश्वकप खेल्ने टिममा नछानिँदा उनी कति निराश भएका थिए । मेरो विचारमा भारतले यहीँनेर गल्ती गरेको छ ।’ उनले भने, ‘मलाई लाग्छ, बेलायती कण्डिसनमा मडिल ओभरमा उनी स्पिरनरविरुद्ध विष्फोटक हुनसक्थे ।’

यस्तै भारतीय पूर्व खेलाडी सौरभ गाँगुलीले पनि रिसभको प्रशंसा गरे । उनले भने, ‘रिसभ पन्त खेल जिताउन सक्ने क्षमता भएको खेलाडी हो । उनीजस्ता खेलाडीहरु केही खेलमा प्रदर्शन गर्न नसकेपनि जब लयमा आउँछन्, एक्लै बुँतामा खेल जिताइ दिन्छन् । त्यसकारण पनि उनी टिममा महत्वपूर्ण हुन्छन्’

भारतीय क्रिकेट बोर्डले जारी गरेको विश्वकप खेल्ने १५ सदस्यी क्रिकेट टिममा रिसभ पन्त नपरेपछि सवत्र विरोध भइरहेको छ । विकेटकिपर समेत रहेका उनको स्थानमा दिनेश कार्थिक आएका छन् ।

आगामी जुन महिनादेखि सुरु हुने एक दिवसीय क्रिकेट विश्वकप इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् ।