काठमाडौँ – हिन्दु धर्म पुनःस्थापनालगायत २२ सुत्रीय माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले आइतबार वार्ताका लागि पत्र पठाएको छ ।


ADVERTISEMENT


कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अध्यक्ष कमल थापाको नाममा पत्र लेखेर मंगलबार १ बजेका लागि वार्तामा आउन पत्र पठाएका हुन् ।


ADVERTISEMENT

# # #


राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले वार्ताका लागि सरकारबाट पत्र आउनु सकारात्मक भएको बताए । ‘पत्र आउनुलाई सकारात्मक रुपमा लिएका छौं,’ उनले भने, ‘सोमबार बैठक बसेर औपचारिक रुपमा वार्ता समिति बनाउँछौँ ।’

राप्रपाको शनिबार बसेको आकस्मिक बैठकले पहिलो चरणको आन्दोलन सफल भएको निस्कर्ष निकाल्दै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयजकत्वमा दोस्रो चरणको आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो । श्रेष्ठले वार्ता र आन्दोलनको तयारी सँगसँगै अघि बढ्ने बताए । ‘आन्दोलनको कार्ययोजना वनाउन एकसाता समय छ,’ उनले भने, ‘वार्ता पनि जारी रहन्छ ।’