काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवलय बैठकले पार्टी एकताको प्रक्रियामा निचोड निकालेको हो ।


ADVERTISEMENT


पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यससंगै करिब ११ महिनादेखि जारी नेकपा एकताको गतिरोध लगभग किनारा लागेको छ ।


ADVERTISEMENT

# # #


नेतृत्व चयन भएपनि नामावली भने सार्वजनिक गरिएको छैन । ‘लामो समयदेखि सांगठनिक एकीकरणको प्रक्रिया टुंगिन नसकेकोमा आजको बैठकले ७७ जिल्लाको जिल्ला कमिटीहरूको अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको छ। त्यो भोलि सार्वजनिक गरिने छ,’ उनले भने ।

केही दिनपछि बस्ने बैठकले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन पर्ने पनि उनले बताए । पार्टीले भोलि सोमबार दिउँसो १ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।