एजेन्सी — श्रीलंकाको राजधानी कोलम्बोमा श्रृंखलावद्धरुपमा भएका बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।


ADVERTISEMENT


आइतबार राजधानीस्थित ३ वटा चर्च र ३ ठूला पर्यटकीय होटलमा भएकोलगातार भएका ८ वटा विष्फोट भएको हो । घटनाबाट ४ सय ५० भन्दाबढी घाइते भएका छन् । घटना भएका क्षेत्रमा कर्फ्यु जाररी गरिएको छ भने सामाजिक सञ्जाल समेत बन्द गरिएको छ ।


ADVERTISEMENT

# # #


श्रीलंका सरकारले यति ठूलो मानवीय क्षती हुनेगरी भएको हमला विदेशी षड्यन्त्र भएको दाबी गरेको छ । १० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् ।

श्रीलंकाका रक्षामन्त्री आर विजयवर्धनका अनुसार घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ । ‘यो आत्मघाती हमला हो ।हामीले अहिलेसम्म सात जनालाई पक्राउ गरेका छौँ ।’ उनले भने, ‘अनुसन्धान एजेन्सीले हमलाका बारेमा सूचना पाएको थियो । तर, त्यसलाई रोक्नुभन्दा पहिले नै कम विष्फोट भए । यो विदेशी षड्यन्त्र हो ।’

बीबीसी संवाददाता अज्जाम अमीनका अनुसारकोलम्बोमा करिब ५० जनाको मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले पनि यसको पुष्टि गरेको छ । यस्तै बट्टिकोलामा २५ र नेगम्बोमा मारिनेको संख्या ५० रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाली समकक्षीलाई फोन, विस्फोटप्रति दुःख व्यक्त

लगातारको विस्फोटले ३५ जनाभन्दा बढी विदेशीको समेत मृत्यु भएको जनाइएको छ । यस हमलाको पछि कसको हात रहेको छ, अहिलेसम्म केही पत्ता लागेको छैन । कुनै पनि गुट वा उपगुटले यसको जिम्मेवारी लएको छैन ।

सम्बन्धित समाचार : कोलम्बोमा भएको बम विस्फोटप्रति कांग्रेसद्वारा दुःख व्यक्त