काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षस्थ नेताहरुबीच छलफल भएको छ । पार्टी एकता टुंग्याउनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।


ADVERTISEMENT


आइतबार बिहान झण्डै एक घण्टा लामो छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


छलफलले एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने संद्धान्तिक सहमति जुटाएको बालुवाटार स्रोतले जनाएको छ । चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाले प्रस्तावलाई अन्तिम रूप दिने तयारी भइहरको स्रोतले जनाएको छ ।

यसअघि जिल्ला तहको एकता गर्ने विषयमा नेताहरुबीच सहमति जुट्न सकेको थिएन । जिल्ला तहको एकताका गर्न निश्चित मापदण्ड बनाएर अघि बढ्ने अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएको थियो । त्यहि सहमतिमा वरिष्ठ नेता नेपाललाई सहमति गराउन आइतबार नेता नेपाललाई बालुवाटार बोलाइएको बुझिएको छ ।

यसअघि तत्कालिन एमालेले ४५ जिल्लाको नेतृत्व गर्ने र माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व गर्नेगरी सैद्धान्तिक सहमति भएको थियो ।