काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबिच विद्यार्थी बीमालेखमार्फत सेवा लिने दिनेसम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुले बीमा सेवा प्राप्त गर्ने छन् । आइएमई जनरल इन्स्योरेन्सका सीइओ श्रेष्ठले सहकारी संस्था तथा संस्थासंग आवद्ध सदस्यलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने भएकाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
सहकारी संस्थाका अध्यक्ष तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निशुल्क यो सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताए । उनले आइएमई जनरल इन्स्योरेनस लिमिटेडसंगको सहकार्यमा आफूले आफ्ना ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्न पाएकोमा आइजीआई परिवारलाई धन्यवाद दिए।