काठमाडौँ – सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


बुधबार राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहका विच बैंकको एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त एक्स्टेन्सन काउण्टरले आजैदेखि मालपोत कार्यालयको कामको सिलसिलामा मालपोत कार्यालय राजविराजमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन थालेको छ । बैंकको एक्स्टेन्सन काउण्टरले सेवाग्राहीहरुले मालपोत कार्यालयलाई बुझाउने राजश्व रकम संकलन गर्नेछ ।

मालपोत कार्यालय राजविराजको परिसरमा सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट मालपोत कार्यालयले बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।

कामको सिसिलामा मालपोत कार्यालय राजविराजमा आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैँकले जनाएको छ ।