काठमाडौँ – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकका बीच बैंकासुरेन्स सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


सम्झौता अनुसार माछापुच्छ्रे बैंकको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयमार्फत गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा उपलब्ध हुनेछन् ।


ADVERTISEMENT

# # #


यस्तै माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट इन्स्योरेन्सको जीवन बीमासम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।