काठमाडौँ – नेपा कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । गत आइतबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका भएका उनी बुधबार डिस्चार्ज भएका हुन् ।


ADVERTISEMENT


नेता नेपाल ज्वरो तथा खोकीका कारण अस्पताल भर्ना भएका थिए । चिकित्सकले एक हप्ता आराम गर्नुपर्ने सुझाव दिएको उनको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


डा. सन्तकुमार दास, डा. निरज बम र डा. सबिन थपलिया सहितको टोलीले उनको उपचार गरेको थियो ।