काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आइपीएलमा सनराइजर्स हैदराजादविरुद्ध सामान्य प्रर्शन गरेका छन् । उनले चार ओभरमा ३२ रन खर्चिएर मात्र एक विकेट लिए । उनले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा दीपक हूडालाई १० रनमा कागिसो रबाडाको हातबाट क्याच आउट गराए ।


ADVERTISEMENT


टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले हारेर घरेलु मैदानमा आजपनि हार ब्यहोरेको छ । दिल्ली हैदरावादसंग ५ विकेटले पराजित भएको हो । १३० रनको चुना्रति पच्छ्याएको हैदरावादले १८.३ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गरेको हो ।


ADVERTISEMENT

# # #


हैदरावादका लागि जोनी ब्रेस्टवले २८ बलमा ४८ रनको सानदार पारी खेले । उनले ९ चौका र एक छक्का हाने । उनले डेभिड वार्नरसंग मिलेर पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपछि सामान्य लक्ष्य पाएको हैदरावाद जित नजिक पुगिसकेको थियो । तर, दिल्लीका बलरले पुनरागमन गरेपछि थप चार विकेट गुमाउन पुग्यो ।

विजय शंकरले १६ रन बनाउँदा डेभिट वार्नर, मयंक पाण्डेले समान १०/१० रन बनाए । दिल्लीका लागि अक्षर पटेल, राहुल टेवाटिया, सन्दीप लामिछाने, कागिसो रबाडा र इशान्त शर्माले समान १/१ विकेट लिए ।

यसअघि दिल्लीको ब्याटिङ राम्रो हुन सकेन । पहिलो ५ ओभरमा दिल्लीले ३९ रन बनाउँदा पृथ्वी श (१४) र शिखर धवन (१२)लाई गुमायो । त्यसपछि उसको विकेट ढल्नेक्रम रोहिएन । २० ओभरमा १२९ रन बनाउँदा दिल्लीले ८ विकेट गुमायो ।

दिल्लीका लागि कप्तान श्रेयश अयरले सर्वाधिक ४३ रन बनाए । ४१ बलमा उनले ३ चौका र एक छक्का हाने । यस्तै आठौँ नम्बरमा आएका अक्षर पटेलले आक्रामक खेल्ने प्रयास गरे । उनले १३ बलमा ३२ रन हान्दा २ छक्का र एक चौका प्रहार गरे ।

यता हैदरावादका लागि भुवनेश्वर कुमार, मोहम्मद नाभी र सिद्धार्थ कौलले समान २/२ विकेट लिए । राशिद खान र सन्दीप शर्माका नाममा समान १/१ विकेट रह्यो ।

आजको हारसंगै दिल्लीले ५ खेलमा ४ अंक बटुलेको छ । जसमा उसले २ खेलमात्रै जितेको छ । दिल्लीले अर्को खेल रो
यल च्यालेन्जर बैगलोरसंग अप्रिल ८ मा उसकै घरेलू मैदानमा खेल्नेछ ।