काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावादविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने अन्तिम ११ मा परेका छन् । सन्दीप आवद्ध टिम दिल्लीले टस हारेपछि ब्याटिङको निम्तो पाएको छ ।


ADVERTISEMENT


दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा खेल नेपाली समय अनुसार ८ : १५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


पछिल्लो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरलाई नराम्रोसंग पराजित गरेको हैदरावाद आफ्नो फर्मलाई जारी राख्न चाहन्छ । यता चारमा दुई खेल जित्दै समूह तालिकाको पाँचौ स्थानमा रहेको दिल्ली घरेलु मैदानमा जित हासिल गरेर किंस ११ पञ्जाबसंगको हारलाई बिर्सन चाहन्छ ।

सम्बन्धित समाचार : आइपीएलमा हैदरावाद विरुद्ध दिल्ली : सन्दीप भर्सेस राशिद

दिल्लीको आफ्नो घरेलु मैदानमा यो तेस्रो खेल हो । फिरोज शाह कोट्ला मैदानमा दिल्लीले यसअघि भएको दुई खेलमध्ये चेन्नईसंग हार र कोल्कत्तासंग जित हासिल गरेको थियो ।