काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम÷एस फ्रान्चाइजसँगको सहयोगमा काठमाडौं स्थित भारतीय राजदूतावासले २०७६ जेष्ठ १ र २ गते होटल याक एण्ड यतीमा “नेपाल–भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव” आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


नेपालमा व्यवसायिक साझेदारीका निमित्त भारतका करिब ७०–८० प्रमुख तथा प्रख्यात ब्रान्डहरु कन्क्लेवमा सहभागी हुने अपेक्षा गरिएको छ । रिटेल, फेशन, शिक्षा, आतिथ्य एवम् खाद्य तथा पेय पदार्थ जस्ता क्षेत्रहरुमा सक्रिय केही मुख्य ब्रान्डहरुले उक्त सम्मेलनमा सहभागिता जनाउने दूतावासले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा रहेका व्यवसायहरुले लक्षित उपभोक्ताको आकांक्षालाई पूर्ति गर्न जरुरी रहेको समयमा हुने यस्ता कन्क्लेवहरुले भारतका प्रमुख ब्रान्डहरुलाई नेपालमा ल्याउन मद्दत पुग्ने बिश्वास व्यक्त गरिएको छ । यस्ता ब्रान्डहरुको प्रवेशले नेपालमा लगानी मात्र नभर्ई प्रविधि तथा व्यवसायीक ज्ञान तथा दक्षतालाई पनि भित्राउन सहयोग पुग्ने बताईएको छ ।

ब्रान्ड उपभोगको मामिलामा कन्जुस्याइँ गर्न नहिच्किचाउने नेपाली उपभोक्ताहरुकै कारण नेपाली अर्थतन्त्रलाई टेवा पग्दै आएको छ । सोका लागि नेपाल–भारत फ्रान्चाइज लगानी एक्सपो तथा कन्क्लेव कोशेढुँगा बन्ने बिश्लेषण गरिएको छ ।