काठमाडौँ – एनआईसी एशिया बैँक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै आएको हावाहुरीबाट प्रभावितलाई राहत प्रदान गरेको छ ।


ADVERTISEMENT


घटनाप्रति दःख व्यक्त गर्दै बैँकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका प्रभावितलाई राहतस्वरुप ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


बुधबार उक्त राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले एक कार्यक्रममा बीच हस्तान्तरण गरेका छन् ।

सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकले मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।