काठमाडौँ – लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं १ का ईलाम र पाँचथर जिल्लाको ४ वटा शाखा कार्यालय मार्फत अदुवा र अलैची खेती गर्ने आफ्ना ग्राहकलाई आवश्यक व्यवहारिक ज्ञान दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


संस्थाले वित्तीय साक्षरताका साथै अदुवा र अलैची खेतीका लागि आवश्यक ज्ञान , सिप तथा क्षमताको अभिवृद्धिका लागि स्वीस अन्ट्याक्टको नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम–सहजबीच आज संझौता गरेको हो ।


ADVERTISEMENT

# # #


सहज प्रोग्राम नेपाल सरकार र स्वीट्जरल्याड सरकारको संयुक्त प्रयासमा संचालन भएको कार्यक्रम हो । सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा र स्वीस कन्ट्याक्टको सहज प्रोग्रामको तर्फ बाट टिम लिडर जि.बी. बन्जाराले हस्ताक्षर गरेका छन् ।

यस कार्यक्रमबाट लक्ष्मी लघुवित्तले आफ्ना ग्राहकहरुलाई वित्तीय सुविधाको अतिरिक्त गैर वित्तीय सेवाहरु पनि प्रदान गरी ग्राहक सदस्यहरुको क्षमता अभिबृद्धिगर्दै उनीहरुको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार आउने जनाएको छ ।