काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) पूर्णरुपमा ममर्त शुरु गरिएको छ । बुधबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका हुन् । पूजाआजा गरेर स्तरोन्नतिको काम सुरू गरिएको हो ।


ADVERTISEMENT


धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बरमाा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको छ ।


ADVERTISEMENT

# # #


मर्मतका लागि विमानस्थल यही चैत १८ देखि तीन महीनासम्म दैनिक १० घण्टा बन्द हुनेछ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल धावनमार्गको पिच परिवर्तन गर्दा दैनिक १४ घण्टा सञ्चालन हुने विमानस्थलले जनाएको छ ।

मर्मतको अवधि अर्थात् (१ अप्रिल २०१९ देखि जुन ३०) सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा रहँदै आएको थियो ।