रामचन्द्र पाण्डे, काठमाडौँ – नेपालमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज लिग ‘एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिग’को खेलाडी अक्सन आज भइरहेको छ ।


ADVERTISEMENT


एशियामै पहिलो महिला क्रिकेट लिग दाबी गरिएको प्रतियोगिताका लागि ८० खेलाडीले नाम दर्ता गराएका छन् । अक्सनका लागि दर्ता भएका खेलाडीको बोलकबोल भइएरहेको छ । प्रतियोगितामा चारवटा टिम रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौ सुपर च्याम्पियन्स गरी चार टोलीको सहभागिता रहने छ । रुबिना क्षेत्री (भैरहवा), नेरी थापा (काठमाडौँ), सिता रानामगर (धनगढी) र करुणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा विजेता टोलीले १० लाख र उपविजेता टोलीले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।

आगामी वैशाख ७ देखि १४ गतेसम्म विराटनगरमा हुने भनिएको प्रतियोगिता आठौँ राष्ट्रिय खेलकुदसंग जुधेकाले केही पछि सर्नसक्ने सम्भावना छ । आठौँ राष्ट्रिय खेलकुद बैशाख ५ देखि ११ गतेसम्म हुँदैछ ।

प्रतियोगिताका लागि ए, बी र सी गरी तीन समूहमा विभाजन गरिएको छ । समूह एका खेलाडीका लागि न्यूनतम ४० हजारदेखि अधिकतम ५० हजार मूल्य तोकिएको छ । यस्तै बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।

कुन टिमले कसलाई कतीमा किन्यो ?

भैरहवा क्विन्स

ईन्दु वर्मा : ७५,०००
एलिसा केसी : ४७,०००
सोनु खड्का : ७५,०००
नितु भण्डारी : ४३,०००
कविता जोशी : ५०,०००
सरस्वती कुमारी चौधरी : ४०,०००

विराटनगर रोअरिङ लायन्स

सुष्मा श्रेष्ठ : १५,०००
सञ्जु लामा : १५,०००
अस्मिना कर्माचार्य : ३५,०००
अप्सारी बेगम : ७५,०००
अनुराधा चौधरी : ३५,०००
कृतिका मरासिनी : २५,०००
अञ्जली चन्द : ५०,०००
काजोल श्रेष्ठ : ७५,०००

काठमाडौं सुपर च्याम्पियन

रोमा थापा : ७५,ooo
सरिता मगर : ७५,०००
रेवती धामी : ५०,०००
ईश्वरी विष्ट : १५,०००
ममता चौधरी : ७५,०००
सुमन खतिवडा : ५०,०००

धनगढी वन्डर वुमन फ्रन्चाइज

शवनम राई : ७०,०००
ज्योति पाण्डे : ७५,०००
मनिषा राना : २५,०००
कविता कुँवर : ७५,०००
रूवी पौद्दर : २५,०००