काठमाडौं– मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।


ADVERTISEMENT


महेन्द्रनगर शाखाको उद्घाटन गर्दै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना दिए ।


ADVERTISEMENT

# # #


वीरेन्द्रनगर शाखाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकालले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको बताए । उनले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान गर्न आग्रह गरे ।