काठमाडौं – भारतीय विदेश सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गरेका छन्।


ADVERTISEMENT


नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट गरेका हुन्। भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ। विदेश सचिव गोखलेले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका छन्।


ADVERTISEMENT

# # #


गोखले बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्। उनी काठमाडौं आए लगतै दुई पक्षीय सम्बन्ध र सहकार्यको बारेमा नेपाली समकक्षीसँग बैठक गरिसेका छन्।  नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षका बारेमा दुई पक्षीय बैठक भएको हो। बैठकअघि नेपाल आएका गोखले र नेपालका विदेश सचिव वैरागीबीच भेटवार्ता भएको हो।

दुई सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको हो। सचिव गोखलेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन्। १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो।