काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार थाइल्यान्ड जाँदै छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि त्यसतर्फ जान लागेका हुन् ।


ADVERTISEMENT


यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रचण्ड आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उनको सचिवालयले जनाएको छ ।