काठमाडौं । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम ७ लाख रुपैयाँ बनाएको हो ।


ADVERTISEMENT


मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरिसकेको छ । यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए ।


ADVERTISEMENT

# # #


‘राजपत्रमा सूचना प्रकाशित भएकै दिनदेखि यो निर्णय कार्यान्वयनमा जान्छ । त्यसपछि मृतकका परिवारले अहिले बोर्डबाट पाउने भन्दा ४ लाख बढी क्षतिपूर्ति रकम बढी बुझ्नेछन्’ काफ्लेले भने ।

अब बीमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् । सरकारले अहिले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख मात्रै क्षतिपूर्ति दिँदै आएकोमा त्यसलाई बढाएर ७ लाख रुपैयाँ बनाइएको हो ।

अहिले मृतक कामदारका परिवारले बीमा कम्पनीबाट विभिन्न पोलिसीअनुसार १३ देखि १४ लाख रुपैयाँसम्म बुझ्ने गरेका छन् ।