काठमाडौँ – मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।


ADVERTISEMENT


शुक्रबार उक्त सम्झौतामा मुक्तिनाथ बिकास बैंकका तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र महालक्ष्मी लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले देश भर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।