काठमाडौं – वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।


ADVERTISEMENT


सेवाग्राहीले ‘आइएमई पे’ का सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनवाहक सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरी सिधैं इ.पी.एस कोरिया टोपिक परीक्षा शुल्क भुक्तान गर्न सक्नेछन् । ‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कसरी गर्ने शुल्क भुक्तानी ?

परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क २४ अमेरिकन डलर दस्तुर लाग्नेछ । उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ ।

परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाउनुभएको नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि जततउकस्ररभयभचक।भउकलभउब।िनयख।लउर साइटमा जानुपर्नेछ ।