काठमाडौँ – पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा श्रीलङ्कका विरुद्ध नेपालले पहिलो हाफमा १ ० गोलको अग्रता कायम गरेको ।


ADVERTISEMENT


विराटनगरको शहिद रंगशालाम जारी खेलमा पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा पुनम जर्घा मगरले नेपाललाई अग्रता दिलाइन् । उनले सावित्रा भण्डारीले दिएको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। पाहुना टोली श्रीलंकाले रक्षात्मक खेल प्रदर्शन गरेपछि नेपालले सुरुआती गोलका अवसर खेल फालेको थियो । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।


ADVERTISEMENT

# # #


श्रीलंका समूह बी को उपविजेता हो । आजको विजेताले फाइनल प्रवेशका लागि आजै दिउँसो हुने भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । भारत यसअघिका चारै संस्करणमा च्याम्पियन बनेको छ ।