काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।


ADVERTISEMENT


राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिए।


ADVERTISEMENT

# # #


विसं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन् । उनीहरुमध्ये पालैपालो संयोजक बन्ने गरेका छन् । पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र ९ गते राजपाको पार्टी एकताको महाधिवेशन हुँदैछ ।

यसअघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए । यसपछि अध्यक्षमण्डलका अन्य सदस्य अनिल झा र राजकिशोर यादव क्रमश संयोजक बन्नेछन् । पार्टी एकीकरण घोषणापछि महन्थ ठाकुर करीब १८ महीना अध्यक्ष मण्डलको संयोजक बनेका थिए। उनीपछि राजेन्द्र महतोले जिम्मेवारी सलेका थिए । रासस