झापा । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका १५ वटै स्थानीय तहमा नेकपाको पार्टी एकता प्रक्रिया टुंगिएको छ । १५ स्थानीय तहमध्ये ९ वटामा पूर्वएमालेले अध्यक्ष पाएको छ भने ६ वटामा माओवादीले अध्यक्षको जिम्मेवारी पाएको छ ।


ADVERTISEMENT


पूर्वएमालेले दमक, गौरादह, बिर्तामोड नगरपालिकाको अध्यक्षता पाएको छ । त्यसैगरी बुद्धशान्ति, अर्जुनधारा, कचनकवलको अध्यक्ष पनि पूर्वएमालेको भागमा परेको छ । बाह्रदशी कन्काई र कमल गाउँपालिकाको अध्यक्षता पनि पूर्वएमालेको भागमा परेको छ ।


ADVERTISEMENT

# # #


माओवादीले मेचीनगर, भद्रपुर, हल्दिबारी, झापा, शिवसताक्षी र गौरीगञ्जको अध्यक्षता पाएको छ ।

https://www.onlinekhabar.com/wp-content/uploads/2019/03/CPN-unification.jpg