काठमाडौँ – एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहा गाउँपालिका वडा नं ५ मा सञ्चालनमा आएको छ । उक्त शाखाको आइतबार गाउँपालिकाका अध्यक्ष रामशरण यादवले उद्घाटन गरे ।


ADVERTISEMENT


उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।