काठमाडौं – विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पीयनसीप फुटबलमा साविक विजेता भारत समूह बी को विजेता बनेको छ । आइतबार शहिद रंगशालामा श्रीलंकामाथि ५–० को शानदार जित निकाल्दै भारत समूह बी को विजेता बनेको हो ।


ADVERTISEMENT


भारत समूह विजेता बनेसँगै आयोजक नेपालले सेमिफाइनल प्रतिद्धन्दीका रुपमा श्रीलंकालाई पाएको छ । नेपाल समूह ए को विजेता बनेकाले फाइनल प्रवेशका लागि समूह बी को उपविजेता श्रीलङ्कासंग प्रतिस्पर्धा गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


भारतलाई विजयी बनाउन ग्रेस दाङमेइ,सन्ध्या रंगनाथन,इन्दुमती खातिरीसान,संगीता वासफोरे र रत्नाबाला देबीले गोल गरीन् । पहिलो हाफ अघि नै भारतले श्रीलङ्कमाथि ४ गोल गरिसकेको थियो । रत्नाबाला देबीले टोलीका लागि पाँचौं गोल गरेकी थिइन् ।

सेमिफाइनलका दुबै खेल आगामी बुधबार हुनेछन् ।