काठमाडौँ – पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा नेपालले जित हात पारेको छ । नेपालले भुटानलाई ३–० ले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपालले खेलको १३ औं मिनेटमा गोल गर्दै १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि मञ्जलीकुमारी योञ्जनले गोल गरेकी थिइन् । त्यस्तै, खेलको १६ औं मिनेटमा नै नेपालले अर्को गोल गर्न सफल भयो ।


ADVERTISEMENT

# # #


नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएकी हुन् । यो गोलसँगै सावित्राले २३ औं अन्तर्राष्ट्रिय गोल गरिन् । यस्तै नेपालका लागि अन्तिम तथा तेस्रो गोल कप्तान निरु थापाले ५३ औं मिनेट गरिन् ।