अभिमनु कुमार पटेल, रौतहट – रौतहटको दुर्गा भगवती गाउँपालिकाका २ सय ५३ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।


ADVERTISEMENT


गाउँपालिकामा रहेका श्री सरस्वती उच्च मा.वि. पिपरा भलोहिया, श्री संस्कृत मा.वि. मत्सरी र आधारभूत मा.वि पचरुखीमा अध्ययनरत कक्षा ८ र ९ कक्षाका छात्राहरुलाई आज एक कार्यक्रमबिच साइकल वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


गाउँपालिका अध्यक्ष अरुण कुमार साहले छोरीहरुको शिक्षा क्षेत्रमा पहुच बढाउन उद्देश्यले यो साईकल वितरण कार्यक्रम गरिएको बताए । ‘हाम्रो समाजमा एउटै परिवारमा रहेका २ सन्तान मध्ये छोरालाई राम्रो ठाउँमा शिक्षा हासिल गराउने तर त्यही आमाको कोखबाट जन्मेकी छोरीसँग आमाबुवा नै ठूलो विभेद गरी समान्य शिक्षा दिने प्रचन देखिन्छ’ उनले भने, ‘तर अब यस समाजमा जन्मेका छोराछोरीबिचको मतभेद, सौतेला व्यवहार बन्द गरी समान रुपमा अगाडी बढी परिवर्तन गर्नु पर्ने अति आवश्यक रहेको छ ।’

उनले छात्राहरुलाई विद्यालयमा आउनका हौसला प्रदान गर्नका लागि साइकल वितरण गरिएको उनले बताए । छोराको भविष्य बनाउन प्रयासरत हुँदा अभिभावकले छोरीको भविष्यमाथि खेलवाड गर्न नहुने उनको भनाई थियो ।

साईकल वितरण कार्यक्रममा अध्यक्ष शाहसंगै प्रमुख आतिथि जिल्ला समन्व्य समिति रौतहटका सभापति राम एकवाल राय यादव, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो ।