काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकाको वडा नं ०४, भद्रपुर रोडमा ७०औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


मंगलबार उक्त शाखाबाट बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराए ।

बैंकले देशका विभिन्न भागहरुमा ६९ वटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।