एजेन्सी – अस्ट्रेलियाबिरुद्धको एकदिवसीय शृङ्खाको खेलमा भारतीय क्रिकेट टोलीले सैन्य टोपी लगाएर खेललाई ‘राजनीतिकरण’ गरेको भन्दै पाकिस्तानले कारवाहीको माग गरेको छ ।


ADVERTISEMENT


शुक्रबार राँचीमा आयोजित तेस्रो एकदिवसीय खेलमा भारतीय खेलाडीहरुले सेनाले लगाउने टोपी लगाएर मैदानमा उत्रेका थिए । भारतीय क्रिकेट बोर्ड ९बिसीसीआई० ले भारत स्वशासित कश्मिरको पुलमावामा भएको आतंकवादी हमलामा मारिएका भारतीय सीआरपीएफ जवानहरु प्रति समर्पित गर्दै सैनिकहरुले लगाउने जस्तै टोपी लगाउने बताएको थियो ।


ADVERTISEMENT

# # #


‘पूरा विश्वले भारतीय क्रिकेट टिमले आफ्नो नियमित टोपीको साटो सैन्य टोपी लगाएको देख्यो, के आइसीसीले यो देखेन रु,’ पाकिस्तानमा विदेशमन्त्री शाह मेहबुब कुरेशीले शनिबार भनेका थिए ।

स्थानीय मिडियासँग कुरा गर्दै उनले ‘यो विषयबारे पाकिस्तान क्रिकेट बोर्डले कुरा उठाउनुभन्दा आइसीसीले आफै जानकारी लिनुपर्ने हो’ भनेर भनेका थिए । सैन्य टोपी लगाउने आइडिया भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल महेन्द्र सिंह धोनीले ल्याएको बताइएको छ ।

‘आफ्नो सन्देश दिनका लागि क्रिकेटको इतिहासमा कुनै पनि टोलीले सैन्य टोपी लगाएको यो पहिलो अवसर हो,’ भारतीय पत्रकार विनु जोनले लेखेका छन् । गत फेब्रुअरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । उक्त घटनापछि भारतले पाकिस्तानमा हवाई हमला गरेको थियो भने पाकिस्तानले भारतीय लडाकू विमान खसाएर पाइलटलाई नियन्त्रणमा लिएको थियो ।

भारतीय क्रिकेट टिमको व्यवहारको भत्सर्ना गर्दै पाकिस्तानका सूचना मन्त्रीले ‘जेन्टलम्यानहरुको खेल’ लाई भारतले राजनीतिकरण गरेको आरोप लगाए । ‘यदी भारतीय क्रिकेट टीमलाई रोकिएन भने पाकिस्तानको क्रिकेट टोलीले कालो पट्टी बाँधेर कश्मिरमा भइरहेको दमनको विरोध गर्नेछ,’ फवाद चौधरीले ट्वीटरमा लेखेका छन् ।

मैदानमा राजनीतिक सन्देश दिन खोजे टोलीमाथि कारवाहीको साथै जरिवाना तिराउने गरिएको छ । यसअघि बिसीसीआईले पाकिस्तानलाई क्रिकेटमा एक्ल्याउने असफल प्रयास गरेको थियो ।

पाकिस्तानबिरुद्धको खेल बहिस्कार गर्न गरेको भारतको मागलाई आइसीसीले अस्वीकार गरेको थियो । भारत र पाकिस्तानबीच आगामी जुनमा हुने विश्वकप क्रिकेटमा खेल हुने तालिका रहेको छ । तर, उक्त खेल भारतले बहिस्कार गर्ने कुरा उठिरहेका छन् ।