काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले इम्प्रुभमेन्ट कम्पनी नेपाल (आइसीएन) र मेर्सी क्रप्ससँग सम्झौता गरेको छ । सम्झौतापछि अब नेपाली फुटबल डिजिटल प्रणालीमा जाने भएको छ ।


ADVERTISEMENT


शुक्रबार भएको उक्त सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, मेर्सीका कन्ट्री निर्देशक सञ्जय ध्वज कार्की र आईसीएनका सीईओ रुपेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार नेपाली फुटबलका हरेक गतिविधि र तथ्यांकका लागि सफ्टवेयरको प्रयोग गरिने छ । जसमा फुटबलसँग सम्बन्धित सबै पक्षको जानकारी सफ्टवेयरको माध्यमबाट उपलब्ध गराइनेछ । जसमा ग्रासरुट, खेलाडी दर्ता, खेलाडी, रेफ्रि, प्रशिक्षक, म्याच कमिस्नार, खेलाडी ट्रान्सफर लगायतका हरेक काम सफ्टवेयरबाट गरिने छ ।

सम्झौताको अवधि चार वर्षको हुनेछ । सफ्टवेयरका लागि ५० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

सम्झौतापति एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासका लागि आइसीएन र मेर्सी क्रप्ससँग सम्झौता भएकोमा खुसी व्यक्त गरे ।